इरानमा प्रहरीको हिरासतमा ज्यान गुमाएकी अमिनीलाई ५३ हजार डलर राशिको पुरस्कार दिइने

 कात्तिक ४, २०८० शनिबार ९:८:२४ | एजेन्सी
unn.prixa.net

युरोपेली सङ्घले इरानी कुर्द महिला महसा अमिनीलाई आफ्नो सर्वोच्च मानवअधिकार सम्मान, सखारोभ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

एक वर्षअघि महसा अमिनीको इरानी प्रहरीको हिरासतमा ज्यान गएपछि इरानमा ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलन शुरु भएको थियो । अमिनीको सन् २०२२ को सेप्टेम्बर १६ मा ज्यान गएकाे थियो । उहाँलाई इरानको धार्मिक प्रहरीले इस्लामिक रिपब्लिकको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो ।

उहाँका परिवार र समर्थकहरुले उहाँको हत्या भएको दाबी गरेका छन् । युरोपेली संसदकी सभामुख रोबर्टा मेत्सोलाले २२ वर्षकी महसा अमिनीको निर्मम हत्याले एउटा ठूलो घटना साबित भएको र यसले महिला नेतृत्वको आन्दोलन शुरु गरेर इतिहास रचेको बताउनुभयो ।

उहाँको नाममा ५३ हजार डलर राशिको सखारोभ पुरस्कार डिसेम्बर १३ मा युरोपेली संसदमा हुने एक समारोहमा प्रदान गरिने छ । यसअघि यस वर्षको नोबेल शान्ति पुरस्कार इरानमा बन्दी मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई दिने घोषणा भएको छ ।   

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया