जापानसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

 कात्तिक ४, २०८० शनिबार ८:३३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्ठाै - मलेसियामा चलिरहेको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले नेपाल र जापानको खेल भइरहेको छ ।

वाईएसडी यूकेएम ओभलमा भइरहेको खेलमा टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।  नेपाल समूह 'ए' को विजेता र जापानले समूह 'डी' को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाल अपराजित रहेको छ ।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो ।  अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुर खेलिरहेका छन् ।  
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया