इजिप्टले रफाह सीमा नाका खोलेपछि सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश

 कात्तिक ४, २०८० शनिबार १५:१४:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजिप्टले रफाह सीमा नाका खोलेपछि सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश गरेका छन् । इजरायलले १५ दिनदेखि गाजामा खाद्यान्न, पानी, बिजुली र अत्यावश्यक औषधिसमेत जान दिएको थिएन । इजरायलको नाकाबन्दीपछि गाजामा पुग्ने एकमात्र रफाह नाका इजिप्टले पनि बन्द गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, चीन र संयुक्त राष्ट्र सङ्घको प्रयासमा इजिप्टले सङ्ख्या तोकेर ट्रक प्रवेश गर्न दिने गरी नाका खोलेको हो । आज शनिवार बिहानैदेखि ट्रक गाजा गइरहेका र मानवीय सहायता सामग्री ट्रकबाट झार्दै गरेको तस्बिर सार्वजनिक भएका छन् । इजिप्टले दैनिक जम्मा २० वटा ट्रक मात्रै प्रवेश गर्न दिने जनाएको छ । तर अहिलेको अवस्थामा गाजामा कम्तीमा दुई सय वटा ट्रक मानवीय सामग्री चाहिने राष्ट्र सङ्घले जनाएको छ ।

गाजाका मानिसहरू खाना, पानी, बिजुली, लत्ताकपडा, अत्यावश्यक औषधि लगायतको चरम अभावमा छन् । अस्पतालको उपचार सेवा नै बन्द हुने अवस्थामा छ । संयुक्त राष्ट्र सङ्घीय निकायसँग सम्बद्ध जुलिएट टोमाले गाजामा पानी सकिएको र पानी खानै नपाएर मानिसको ज्यान जाने जोखिम रहेको चेतावनी दिनुभएको छ । उहाँले गाजामा एक जना व्यक्तिले दैनिक दुई लिटर पनि पानी नपाएको बताउनुभयो । गाजामा दैनिक २० ट्रक मानवीय सामग्री समुद्रमा झरेको पानीकाे थोपाजस्तै भएको एजेन्सीले जनाएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया