४ वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फिर्ता

 कात्तिक ४, २०८० शनिबार १६:३९:१३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चार वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिग–एनका नेता नवाज शरीफ आज शनिवार स्वदेश फर्किनुभएको छ । उहाँ यूएईबाट आज इस्लामाबाद पुग्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०१७ मा पनामा पेपर्सले गरेको गैरकानुनी लगानी र सम्पत्ति आर्जनको खुलासापछि पाकिस्तानको अदालतले शरीफलाई प्रधानमन्त्री पदबाट हटाइदिएको थियो । त्यसपछि उहाँ निर्वासनमा पर्नुभएको थियो । उहाँ तेस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्नुभएकोमा तेस्रो पटक नै अदालतको आदेशबाट पदच्युत हुनुभयो ।

अहिलेको सरकारसँगको मेलमिलापपछि शरीफको स्वदेश फिर्ती सहज बनेको खबरमा उल्लेख छ । पूर्व सूचना मन्त्री मरियम औरङ्गजेबले पाकिस्तानभरका नागरिक उहाँकाे प्रतीक्षामा रहेको दाबी गर्नुभएको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया