पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा श्रीलङ्काले पहिलाे जित हात पारेकाे छ ।
आज शनिवार लखनउमा भएकाे खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायाे । नेदरल्यान्ड्सले दिएकाे २ सय ६३ रनकाे लक्ष्य श्रीलङ्काले ४८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । श्रीलङ्काका सदीरा समाराविक्रमाले नटआउट ९१ रन बनाए । यस्तै पथुम निसान्काले ५४ र चरिथ असलन्काले ४४ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दतले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स ४९ ओभर ४ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयाे । नेदरल्यान्ड्सका सायब्रान्ड इन्गेलब्रेचले ७० र बीकले ५९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशन्का र कसुन रजिथाले ४/४ विकेट लिए ।
याे जितसँगै श्रीलङ्का ४ खेलमा २ अङ्कसहित नवाैँ स्थानमा छ । नेदरल्यान्ड्स उति नै खेलमा २ अङ्कसहित नेट रनरेटकाे आधारमा आठाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।