पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई दुई सय २९ रनले पराजित गरेको छ ।
दक्षिण अफ्रिकाले दिएको तीन सय ९९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्ड २२ ओभरमा एक सय ७० रन बनाएर अलआउट भयो । त्यसअघि मुम्बईमा ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो ।
६७ बलमा एक सय नौ रनको शतकीय पारी खेल्ने दक्षिण अफ्रिकाका हेनरिक क्लासेन प्लेयर अफ द म्याच घोषित भए ।
दक्षिण अफ्रिकाको अर्को खेल आउँदो मङ्गलवार बङ्लादेशसँग मुम्बईमा हुनेछ भने इङ्ल्यान्डको अर्को खेल बिहीवार श्रीलङ्कासँग बेङ्लोरमा हुनेछ ।
यसैबीच आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा श्रीलङ्काले पहिलो जित दर्ता गरेको छ । हिजो भएको पहिलो खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।
विश्व कप २०२३ मा श्रीलङ्काको अर्को खेल आउँदो बिहीवार इङ्ल्यान्डसँग बेङ्गलुरुमा हुनेछ । त्यस्तै, नेदरल्यान्ड्सकाे अर्को खेल आउँदो बुधवार दिल्लीमा अस्ट्रेलियासँग हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।