प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुग्यो

 कात्तिक ५, २०८० आइतबार १२:२६:३८ | एजेन्सी
unn.prixa.net

प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको छ ।

हमास–इजरायल युद्ध शुरु हुनासाथ इजिप्टले सीमा बन्द गरेपछि गाजा क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन । युद्ध शुरु हुनुअघि गाजामा दैनिक पाँच सय ट्रक राहत सामग्री पुग्ने गरेको थियो । ठूलो परिमाणमा राहत सामग्री चाहिने गाजामा २० ट्रक राहत सामग्री समुद्रमा एक थोपा जस्तै हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका निकायहरू विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले गाजाको अवस्थालाई  विपत्तिजनक भनेका छन् । हमास–इजरायल युद्ध शुरु भएको दुई हप्तामा गाजा क्षेत्रमा चार हजार तीन सय ८५ जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । मृतकमध्ये एक हजार सात सय ५६ जना बालबालिकाहरु छन् ।

यसैबीच इजिप्टको राजधानी कायरोमा इजरायल–प्यालेस्टाइन युद्ध रोक्नका लागि शान्ति सम्मेलन भइरहेको छ । सम्मेलनमा जोर्डन, कतार, इटली, स्पेन, युरोपेली सङ्घ र बेलायतका प्रतिनिधिहरु सहभागी छन् । अमेरिका, इजरायल र इरान भने सम्मेलनमा सहभागी छैनन् । सम्मेलनमा सहभागी प्यालेस्टाइनका नेता महमुद अब्बासले आफूहरुले आफ्नो भूमि नछोड्ने अडान लिनुभएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया