आफ्नो देशबाट भारतीय सेना तुरुन्तै हटाउने माल्दिभ्सका राष्ट्रपतिको घोषणा

 कात्तिक ६, २०८० सोमबार १४:७:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशबाट भारतीय सेना तुरुन्तै हटाउने बताउनुभएको छ । बीबीसीसँगको एक अन्तवार्ताका क्रममा राष्ट्रपति मुइज्जुले माल्दिभ्सको भूमिमा आफूहरूलाई कुनै पनि सेनाको उपस्थिति सह्य नहुने भन्दै तुरुन्तै भारतीय सेना हट्नुपर्ने बताउनुभएको छ ।

गएकाे महिना माल्दिभ्सको राष्ट्रपतीय चुनावका बेला उहाँले भारतीय सेना हटाउने वाचा गर्नुभएको थियो, उहाँले आफूले चाँडै चुनावको वाचा पूरा गर्ने दाबी गर्दै भारतीय राजदूतलाई भेटेर पनि यो विषयमा जानकारी गराएको उल्लेख गर्नुभयो ।

विशेषगरी वर्तमान राष्ट्रपति इब्राहिम सोलिह सन् २०१८ मा सत्तामा आएपछि भारतसँग निकटता बढाएको भन्दै आलोचना भएको थियो, त्यसैको जवाफ नागरिकले चुनावमा दिएका खबरमा उल्लेख छ । इब्राहिमले 'इन्डिया फर्स्ट' नीति लागू गरेर भारतसँग नजिक हुने काम गर्नुभएको थियो तर नवनिर्वाचित राष्ट्रपति मुइज्जुको गठबन्धनले चीनसँग घनिष्ठ सम्बन्ध बनाएको छ । चीनले माल्दिभ्समा पूर्वाधार र विकास परियोजनाका लागि ऋण र अनुदानको रूपमा करोडौँ डलर लगानी गरेको छ । हिन्द महासागरको ठूलो भागको निगरानीका लागि माल्दिभ्स रणनीतिक रूपमा महत्त्वपूर्ण रहेकाले भारतले त्यहाँ प्रभुत्व जमाउन खोजेको छ र माल्दिभ्सको विकासका लागि दुई अर्ब डलर लगानी गरेको छ ।

यदि भारतीय सैनिकलाई माल्दिभ्स छोड्न बाध्य पारियो भने त्यो भारतका लागि ठूलो झट्का हुनेछ । भारतले माल्दिभ्सलाई २०१० र २०१३ मा दुई वटा हेलिकप्टर र २०२० मा एउटा सानो विमान उपहार दिएको थियो।  त्यसलाई लिएर पनि विवाद उत्पन्न भएको थियो र 'इन्डिया आउट' को नारा दिने माल्दिभ्सको चुनावी गठबन्धनले त्यसको फाइदा उठाएको थियो । हेलिकप्टर र विमान सञ्चालनका लागि भन्दै २०२१ मा माल्दिभ्सको सुरक्षा बलले ७५ जना भारतीय सैनिक बोलाएको थियो । त्यसपछि माल्दिभ्समा भारत विरोधी भावना झनै बढ्दै गएको छ ।

नवनिर्वाचित राष्ट्रपति मुइज्जुलाई चीन समर्थक भनेर आरोप लाग्ने गरेको छ तर उहाँले आफू माल्दिभ्स समर्थक भएको र देशको स्वतन्त्रता र स्वाभिमानका लागि मात्रै काम गर्ने बताउनुएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया