पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाडौ – चीनकाे हान्झाउमा चलिरहेकाे चौथो एसियाली पारा खेलकुदको 'पावर लिफ्टिङ' मा नेपालका पवन घर्ती मगरले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
एक्सएससी जिम्न्याजिममा भएको पुरुष ४९ केजीमुनिको समूह 'बी' को प्रतिस्पर्धामा २८ वर्षीय पवनले ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् ।
यसअघि ७५ केजीको कीर्तिमान पवनकै नाममा थियो । उनले दुबईमा यसै वर्ष भएको विश्व पारा 'पावर लिफ्टिङ' मा याे कीर्तिमान बनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।