पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – ग्लेन म्याक्सवेल र डेभिड वार्नरको शतकसहित अष्ट्रेलियाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई चार सय रनको विशाल लक्ष्य दिएको छ । भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ९९ रन बनायो । अष्ट्रेलियाका म्याक्सवेलले ४० बलमा शतक बनाएर विश्वकप इतिहासको सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान तोडेका छन् । उनले आज १ सय ६ रन बनाए । यसअघि यसै विश्वकपमा दक्षिण अफ्रिकाका एइडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए ।
डेभिड वार्नरले १ सय ४ रन बनाए । वार्नर र स्टिभ स्मिथले तेस्रो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए । नेदरल्याण्ड्स चार सय रनको विशाल लक्ष्य पछ्याइरहेको छ । विश्वकपमा दुवै टोलीको यो पाँचौँ खेल हो । अस्ट्रेलियाले चार खेलमध्ये दुई जित र दुईमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्सले एउटा मात्र जितेको छ ।
अस्ट्रेलिया चार अङ्कका साथ चौथो र नेदरल्यान्ड्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । यी दुई देशबीच अहिलेसम्म दुई वटा एकदिवसीय खेल भएकोमा दुवै खेल अस्ट्रेलियाले जितेको थियो । यी खेल सन् २००३ र २००७ को विश्वकपमा खेलिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।