विश्व कप क्रिकेटमा पाकिस्तान एक विकेटले पराजित, दक्षिण अफ्रिका शीर्षस्थानमा उक्लियो

 कात्तिक ११, २०८० शनिबार ६:२४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ ।

जितका लागि पछ्याएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका एडेन मारक्रमले ९१ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ५० र साउद साकिलले ५२ रन बनाए । दक्षिण अफ्रिकी बलर ताब्रिज साम्सीले ४ विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिाकाको ६ खेलबाट १० अङ्क भएको छ । भारतको पनि समान १० अङ्क छ तर नेट रन रेटको आधारमा दोस्रो स्थानमा झरेको छ । पराजयसँगै पाकिस्तान भने चार अङ्कमै सीमित रह्यो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया