इजरायल–हमास द्वन्द्वमा कम्तीमा ३१ जना पत्रकारको ज्यान गयो

 कात्तिक १४, २०८० मंगलबार १५:१०:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र प्यालेस्टिनी विद्राेही समूह हमास द्वन्द्वमा अहिलेसम्म कम्तीमा ३१ जना पत्रकारको ज्यान गएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिलेसम्म २६ जना प्यालेस्टीनी, चार जना इजरायली र एक जना लेबनानी पत्रकारको ज्यान गएको जनाएको छ ।

सीपीजेले एक विज्ञप्ति निकालेर गाजामा पत्रकारले असाधारण जोखिमको सामना गरिरहेको बताएको छ । यस्तै गाजामा इजरायलको अन्धाधुन्ध आक्रमणका कारण पत्रकारले बस्ने ठाउँ पनि नपाएको उल्लेख छ । पत्रकारले भूमिगत सेल्टर लिएकोमा त्यहाँ पनि इजरायली आक्रमण हुने गरेको सीपीजेले जनाएको छ । इजरायल–हमास युद्धमा ज्यान गुमाउनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाहसमेत रहेका छन् ।

यही अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा १४ सय जना इजरायली र नौ हजार जना प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया