पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा काभ्रेमा २ जनाको ज्यान गयाे

 कात्तिक १४, २०८० मंगलबार १६:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज मङ्गलवार पनौतीको कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरकाे ट्रक सिला भञ्ज्याङमा पल्टिएको हो ।

दुर्घटनामा मिनी ट्रक चालक पनौती नगरपालिका–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा बेथानचोक–२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते हुनुभएको छ । उहाँकाे शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया