चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – सन् २०३४ को पुरुष विश्वकप फुटबल प्रतियोगिता साउदी अरेबियाले गर्ने पक्का भएको छ । अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न प्रस्ताव नगर्ने निर्णय गरेपछि साउदी अरेबियाले २०३४ को पुरुष विश्वकप फुटबल आयोजना गर्ने पक्का भएको बीबीसीले जनाएको छ ।
आयोजकको दाबी पेस गर्ने समय चार घण्टाभन्दा कम रहेको अवस्थामा फुटबल अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्ने प्रस्ताव नगर्ने निर्णय गरेको हो । अब सन् २०३४ को विश्वकप आयोजकको दाबी गर्ने साउदी अरेबिया मात्रै एक्लो देश बनेको छ ।
अस्ट्रेलियाको प्रशासकीय निकायले सन् २०२६ मा एएफसी महिला एसियन कप र २०२९ मा क्लब विश्वकप आयोजना गर्न आफ्नो प्रयास केन्द्रित गर्न चाहेको बताएको छ । सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकपको आयोजना गर्नेछन् जसमा केही खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछ ।
फिफाले सन् २०३४ को विश्वकप एसिया वा ओसिनियामा हुने बताएको थियो र अस्ट्रेलियाकाे बोलीलाई साउदी अरेबियाको एक मात्र सम्भावित चुनौतीको रूपमा मानिएको थियो । तर उसले आयोजनाको प्रस्ताव नै नगरेपछि साउदीमै विश्वकप हुने पक्का भएको हो । तर महिला अधिकार हनन, समलैङ्गिकताको अपराधीकरण, अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्ध लगायतका कारण अमेरिका र युरोपेली देशले साउदी अरेबियालाई आयोजनाको अधिकार दिने निर्णय सोचनीय रहेको बताइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।