बैंकहरू मिटरब्याजी जस्ताे हुनु हुँदैन : अध्यक्ष ओली
मंसिर २४, २०८० आइतबार
काठमाण्डौ – सिसार साहित्य परिवार काठमाण्डौको आयोजनामा पद्मकन्या क्याम्पस बागबजारमा गजलकार सरु ज्ञवालीको कादम्बरी गजलसङ्ग्रहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सिसार पत्रिकाका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा डा सनतकुमार वस्तीले सरुका गजल रसात्मक भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रेमनाथ घिमिरे, सिर्जना ज्ञवाली, डा गोविन्दमान सिंह कार्की, डा मेघनाथ ढकाल, मनोज ज्ञवाली, राजन न्यौपानेलगायतले लेखकलाई शुभकामना दिनुभयो ।
वीरेन्द्र मालाकार, सुशीला शर्मा, लक्ष्मी ढकाल, सूर्य न्यौपानेलगायतले सरुका गजल वाचन गर्नुभयो । लेखककी आमा लक्ष्मी ज्ञवाली र बुवा मेघराज ज्ञवालीले आशीर्वाद दिनुभयो ।
सभापति ज्ञाननिष्ठ ज्ञवालीले २०३५ सालदेखि चार अङ्क निस्केर बन्द भएको सिसार पत्रिकालाई २०६४ सालदेखि पुनस् प्रकाशित गरी २० अङ्कसम्म पुगेको सिसारको इतिहास उल्लेख गर्नुभयो ।
साथै सिसारले विविध साहित्यिक गतिविधि र स्रष्टा सम्मान गर्दै आएको कुरा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन साहित्यकार सुशीला ढकाल अधिकारीले गर्नुभएको थियो ।