जुम्लामा बिरामी बाेकेकाे अटाेरिक्सा दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे, एक जना घाइते

 कात्तिक १९, २०८० आइतबार ९:३८:२६ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा बिरामी बाेकेकाे अटाेरिक्सा दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

हिमा गाउँपालिकाको नाग्म बजारबाट देवरगाउँ जाँदै गरेकाे अटाेरिक्सा बड्की गाउँमा दुर्घटनामा परेकाे हाे । 

दुर्घटनामा ४५ वर्षका पदमबहादुर शाही र ४२ वर्षका वली रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

दुर्घटनामा घाइते भएका नन्द रोकायाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया