बाग्लुङकाे ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

 कात्तिक २१, २०८० मंगलबार ७:५२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ - बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकाका लागि छुटेकाे ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सीमा रहेका ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको ज्यान गएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । 

ट्याक्सी सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया