चिनियाँ राष्ट्रपति सि जिनपिङ अमेरिकामा, ६ वर्षपछि अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटवार्ता हुँदै

 कात्तिक २९, २०८० बुधबार ६:५४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सि जिनपिङ अमेरिका जानुभएको छ । चिनियाँ राष्ट्रपति सि ६ वर्षपछि अमेरिका भ्रमणको सिलसिलामा गएराति सन फ्रान्सिस्को सहर पुग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सी अमेरिका पुग्दा सडकमा समर्थक र प्रदर्शनकारीको भिड लागेको थियो, ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

अमेरिका भ्रमणको क्रममा सि र राष्ट्रपति जो बाइडेनबीच पनि भेटवार्ता हुँदैछ । पछिल्लो पाँच वर्षयता अमेरिका–चीन सम्बन्ध खराब अवस्थामा रहेको बेला दुई देशका राष्ट्रपतिबीचको भेटवार्ताले सम्बन्ध सुधार गर्न मद्दत गर्ने विश्लेषकहरुले बताएका छन् ।

तर, अमेरिकाले ताइवान वरपर बढाइरहेको सैन्य उपस्थिति र चीनले पनि बारम्बार चेतावनी दिनुले सम्बन्ध सुधारको संकेत नगर्ने पनि विश्लेषण हुँदै आएको छ । एक अर्काका ठूला व्यापारिक साझेदार समेत रहेका अमेरिका र चीन राजनीतिक र सुरक्षालाई कारण देखाएर बेला बेला एक अर्काका विभिन्न सामान र कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएका छन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया