जिम्बावेमा बस र ट्रक ठोकिँदा २२ जनाको ज्यान गयाे

 कात्तिक २९, २०८० बुधबार १९:४४:३६ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

जिम्बावेकाे दोस्रो ठूलो सहर बुलावायो नजिकै मङ्गलवार राति एउटा मिनीबस ट्रकसँग ठोकिँदा २२ जनाको ज्यान गएकाे छ । बुलावायो–बिटब्रिज रोडमा २१ जना यात्रु बाेकेकाे मिनीबस र यात्रुसहितकाे ट्रक ठाेकिँदा अन्य दुई जना घाइते भएका छन् ।

मिनिबसका चालकसहित २२ जनाको घटनास्थलमै ज्यान गएकाे र ट्रकमा सवार दुई जना घाइते भएका जिम्बावेकाे सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ । घाइते दुई जनाकाे दक्षिण–पश्चिमी सहर बुलावायाेमा उपचार भइरहेकाे खबरमा उल्लेख छ ।

जिम्बावे सडक दुर्घटना बारम्बार भइरहन्छ, जहाँ कच्ची सडकमा गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाे आराेप चालकहरूलाई लाग्ने गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया