चार देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई ६७ रनले हरायो

 मंसिर २, २०८० शनिबार १०:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको छ ।

हङकङमा आज बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो ।

जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा सङ्गीता राईले ३ र पूजा महतोले २ विकेट लिइन् ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । त्यस्तै, कप्तान इन्दु बर्माले २७ रन जोडिन् । शृङ्खलामा यसअघि नै तान्जानिया र हङकङसँग पराजित भएकाे नेपाल फाइनलमा पुग्न सकेन । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन् ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया