गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा तत्कालै खाली गर्न इजरायली सेनाको आदेश

 मंसिर २, २०८० शनिबार १५:१८:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा तत्कालै खाली गर्न आदेश दिएको छ । गएको बुधवार नै बुलडोजरसहित अल शिफा अस्पतालमा पुगेर खानतलासी गरेको इजरायली सेनाले आज तत्कालै अस्पताल खाली गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । अबको केही घण्टाभित्र अस्पताल खाली नगरेमा जे पनि हुन सक्ने इजारायली सेनाले चेतावनी दिएको खबरमा उल्लेख छ ।

इजरायली सैनिकले अस्पतालमा हमासका लडाकु लुकेर बसेको जनाएका छन् । अस्पताल मुनि बनाएको सुरुङमा हमासले आफ्नो कमाण्ड स्थापित गरेको इजरायली सेनाको आरोप छ भने हमासले यो आरोपलाई झुटो भनेको छ ।

सेनाले अस्पताल खाली गर्न भनेपछि सयौँ बिरामीको जीवन जोखिममा परेको छ । डाक्टरहरु अन्योलमा छन् । बिजुली, पानी र खाना नखाएरै पनि धेरै दिन काम गरेको अस्पतालका डाक्टरले बताएका छन् । अल शिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो । सयौँ विस्थापितहरूले यहाँ आश्रय लिएका छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया