श्रीलङ्काले चिनियाँ उद्यमीहरुलाई थप लगानीका लागि प्रोत्साहन गर्ने

 मंसिर ५, २०८० मंगलबार ९:२९:२७ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र श्रीलङ्का भ्रमणमा रहेका चिनियाँ राज्य परिषद् सल्लाहकार शेन यिकिनबीच चिनियाँ उद्यमहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने सहमति भएको छ ।

राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले संयुक्त बेल्ट एण्ड रोड निर्माणलाई दृढतापूर्वक समर्थन गर्ने र पोर्ट सिटी कोलम्बो र हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाहको निर्माणलाई बढावा दिन चिनियाँ उद्यमहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने बताउनुभएको छ ।

श्रीलङ्काको सामाजिक–आर्थिक विकासलाई बढावा दिन चीनसँग मैत्रीपूर्ण आदानप्रदान र सहयोगलाई प्रगाढ बनाउन चाहेको विक्रमासिङ्घेले बताउनुभयो । कतिपयले चीनको ऋणका कारण श्रीलङ्कामा आर्थिक समस्या बढ्दै गएको बताइरहेका बेला श्रीलङ्काले चिनियाँ लगानीलाई प्रोत्साहन गर्न सहमति गरेको हो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया