शिक्षा नीतिलाई युवा उपयाेगी बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्नेछाैँ : प्रधानमन्त्री प्रचण्ड

 मंसिर ५, २०८० मंगलबार १४:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनाेपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीकाे उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षाका लागि बर्सेनि लाखाैँ विद्यार्थी विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीको विदेश पलायन रहेको बताउनुभयो । विद्यार्थी देशबाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेकाे उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, जीवनाेपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने आजको महत्त्वपूर्ण सवाल रहेको छ । उच्च शिक्षाका निम्ति बर्सेनि लाखौँ विद्यार्थी विदेशिने परिस्थिति छ । यसले गर्दा हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ । यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गरिसकेको छ । विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरेर विद्यार्थी पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बन्न गएको छ । यसमा बौद्धिक समुदायको गम्भीर विचार विमर्श आवश्यक छ । विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्रै बाहिरिएको छैन, देशको ढुकुटी पनि बाहिरिँदै गएको छ ।’

प्रधानमन्त्रीले शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया