गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक क्षेत्र’ : युनिसेफ

 मंसिर ७, २०८० बिहिबार ८:२०:५५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक क्षेत्र’ रहेको जनाएको छ ।

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले इजरायली सेनाबाट घेरिएको गाजा पट्टी बालबालिका तथा बच्चा जन्माउनका लागि विश्वकै खतरनाक क्षेत्रका रुपमा रहेको बताउनुभएको हो ।

निर्देशक रसेलका अनुसार अक्टोबर ७ तारिखमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा पाँच हजार तीन सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ । यो तथ्याङ्क अकल्पनीय र हृदयविदारक रहेको उहाँको भनाइ छ ।  

इजरायली अधिकारीका अनुसार हमासले नवजात शिशुदेखि वृद्धवृद्धासम्मका २ सय ४० जनालाई बन्धक बनाएको छ ।  इजरायल र हमासले गाजामा युद्ध रोक्न र बन्धकलाई मुक्त गर्न हिजो एक महत्त्वपूर्ण सम्झौता समेत भएको छ ।  
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया