स्विट्जरल्यान्डले दिने ६५ कराेड रुपैयाँ अनुदान स्वीकृत गर्ने सरकारकाे निर्णय

 मंसिर ७, २०८० बिहीबार १३:५४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले स्विट्जरल्यान्ड सरकारले दिने झन्डै करोड रुपैयाँ अनुदान रकम स्वीकृत गरेको छ ।

आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा प्राविधिकसहितका चार जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिनुभएको राजीनामालाई कात्तिक २४ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्रिपरिषद्ले ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया