क्यानडाका लागि प्रस्तावित राजदूत पाैड्यालले कर्मचारीलाई आएकाे छात्रवृत्तिमा छाेरीलाई स्विट्जरल्यान्ड पठाएकाे आराेप

 मंसिर १०, २०८० आइतबार १४:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालविरुद्ध पदीय दुरुपयोगको उजुरी परेको छ । पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएर स्विट्जरल्यान्ड पठाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको हो ।

सरकारी कर्मचारी जानुपर्ने कोटामा प्रस्तावित राजदूत पाैड्यालले छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएको उजुरीमा उल्लेख छ । स्विट्जरल्यान्ड सरकारले खान बस्नका लागि मासिक छ लाख रुपैयाँ दिने भए पनि पाैड्यालले छोरीलाई दूतावासको सरकारी आवास गृहमा राखेर राज्यकोषमा भार पारेको समेत उजुरीकर्ताले आरोप लगाएका छन् ।

मन्त्रिपरिषद्को बैठकलेले गएको कात्तिक ३ गते परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो । सरकारको निर्णयपछि संसदीय सुनुवाइ समितिले उनका बारेमा उजुरीका आह्वान गरेको थियो । उहाँको संसदीय सुनवाइ आज हुँदैछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया