थाइल्यान्डमा एक बेहुलाले बेहुलीसहित ४ जनालाई गोली हाने

 मंसिर ११, २०८० सोमबार १५:२७:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन् । एक थाई खेलाडी तथा पूर्वसैनिकले आफ्नो विवाहमा आफैँलाई गोली हानी आत्महत्या गर्नुअघि आफ्नी दुलही र अरू तीन जनालाई गोली हानेका थाइल्यान्डकाे प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार २९ वर्षका चतुरोङ सुक्सुक र ४४ वर्षकी कञ्चना पचुन्थुकले थाइल्यान्डमा विवाह गरेका थिए । बेलुका अचानक आफ्नो विवाह समारोह छोडेर बाहिर गएकोमा केहीबेरपछि बन्दुकसहित फर्किएर हत्या गरेका प्रहरीले जनाएको छ । उनले श्रीमती, ६२ वर्षकी आमा र ३८ वर्षकी दिदीलाई गोली हानेका हुन् ।

घटनामा अरू दुई जना पाहुनालाई पनि गोली लागेको थियो । उनीहरूलाई अस्पताल लगेको एक जना पाहुनाको पनि ज्यान गएको हो । घटनाको कारण खुलेको छैन ।

स्थानीय सञ्चारमाध्ययमले विवाह समारोहमै बेहुलीसँग विवाद भएपछि याे घटना भएको उल्लेख गरेका छन् । उनीहरू बिहे गर्नुअघि तीन वर्ष सँगै बसेका थिए । चतुराेङले गएकाे वर्ष इन्डाेनेसियामा भएकाे एसियन पारा गेम्स पाैडीमा रजत पदक जितेका थिए ।

 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया