केपी ओली कपमा काेशीकाे सान्त्वना जित

 मंसिर १३, २०८० बुधबार १४:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी' काे खेलमा काेशीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘निलो’ लाई ९ विकेटले हरायाे ।

मदन भण्डारी ‘निलो’ ले दिएकाे ६८ रनकाे सामान्य लक्ष्य काेशीले ७ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायाे । काेशीका साेनु अन्सारीले नट आउट ३५ रन बनाए । बलिङतर्फ मदन भण्डारी ‘निलो’ का शुभम् खनालले १ विकेट लिए । 

यसअघि पाेखरा रङ्गशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मदन भण्डारी ‘निलो’ १७ ओभर ५ बलमा ६७ रनमा अल आउट भयाे । मदन भण्डारी ‘निलो’ का अर्जुन रायमाझीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ काेशीका श्रवण यादवले ३ तथा फिर्दाेश अन्सारी र कमल खत्रीले समान २ विकेट लिए ।

केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल सेमीकरण यसअघि नै पूरा भइसकेकाे छ । समूह 'ए' बाट बाग्मती प्रदेश, समूह 'बी' बाट सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब, समूह 'सी' बाट मधेस प्रदेश र समूह 'डी' बाट आर्मी सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनल खेल भाेलि बिहीवार हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । फाइनल खेल पर्सि शुक्रवार हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया