शेयर बजार झन्डै १८ अङ्कले घट्याे

 मंसिर १३, २०८० बुधबार १७:०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ६० विन्दुमा झरेको छ ।

आज अन्यबाहेक सबै समूहको शयर घटेर बजार राताम्मे भएको छ । आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज दुई सय ८५ वटा कम्पनीका ३३ लाख ५९ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको छ करोड २८ लाख रुपैयाँको शेयर  किनबेच भएको छ ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया