चितवनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय जनाको परीक्षण

 मंसिर १७, २०८० आइतबार ११:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनको कालिका नगरपालिका वडा नम्बर–९ मा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै तीन सय जनाको स्वास्थ्य जाँच गरिएको छ । चितवन हस्पिटल प्रा.लि भरतपुरको आयोजना र कालिका नगरपालिकाको सहयोग तथा समन्वयमा वडा–९ को चर्तुमुखी माध्यमिक विद्यालयमा हिजो शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शिविरमा सामान्य स्वास्थ्य जाँचसहित पेटरोग, नाक, कान, घाँटी, हाडजोर्नी, नशा रोग, स्त्री तथा क्यान्सर रोगको जाँच र परामर्श सेवा प्रदान गरिएको थियो । साथै शिविरमा निःशुल्क सुगर परीक्षण पनि भएको थियो । नगरपालिकाका उपमेयर विमला तामाङको सुगर परीक्षण गरी उद्घाटन गरिएको थियो ।

शिविरमा एक सय ४० जनाको सुगर परीक्षण गरिएको अस्पतालका निर्देशक नारायण सापकोटाले जानकारी दिनुभयो । विशेष गरी कालिका नगरपालिकाभित्र रहेका तर स्वास्थ्य सेवाको पहुँचमा नरहेका चेपाङ समुदायलाई लक्षित गरी यो शिविर भएको निर्देशक सापकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया