आन्दाेलनले सर्वसाधारणलाई सास्ती
बैशाख ७, २०८२ आइतबार
काठमाण्डाै – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको चुनावमा उम्मेदवार हुन नपाउने भएका छन् ।
निर्वाचन आयोगले आज आइतवार प्रेस विज्ञप्ति निकालेर समानुपातिक बन्दसूचीमा नाम भएका व्यक्ति राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने जानकारी गराएको हो । आयोगका सहायक प्रवक्ता एवम् उपसचिव सूर्यप्रसाद अर्यालले ऐनले तोकेअनुसार नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने बताउनुभयो ।
‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार त्यही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन पाउने छैनन्’, आयाेगकाे विज्ञप्ति उल्लेख छ ।
आयाेगले आउँदाे माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको पनि बताएकाे छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो । मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने मिति पुस २७ गतेका लागि तोकिएको छ । पुस २७ गते दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । पुस २८ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न उपलब्ध गराउने आयोगले जनाएको छ ।
राष्ट्रियसभाका १९ सदस्य चयनका लागि माघ ११ गते मतदान हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।