हुम्लामा पनि हिमपात (तस्बिरहरू)

 मंसिर १८, २०८० सोमबार १३:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला – हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिजाे आइतवार रातिसम्म सफा रहेको मौसममा हावाहुरी शुरु भएसँगै आज साेमवार बिहानैदेखि हिमापात शुरु भएको हो ।

हुम्लामा याे वर्षकाे पहिलाे हिमपात भएकाे हाे । हिमपात शुरु भएसँगै किसान खुशी भएका छन् । हिमपातपछि खेती सप्रिने उनीहरूले बताएका छन् । हिमपातले किसान खुशी भए पनि चिसाे बढेसँगै जनजीवन प्रभावति भएकाे छ ।

सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको र उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ काे हल्जी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उहाँले बताउनुभयो ।

हिमपात शुरु हुनुअघि नै उच्च हिमाली क्षेत्रका बासिन्दा बेसी झरिसकेका छन् । हिल्सा नाका खुलेकाले व्यवसाय गर्नेहरू भने उत्तरी नाम्खामै रहेका छन् । हिमपातले सदरमुकाम सिमकोट र डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया