सरकार स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा छिमेकीहरुसँग कुरा गर्न सक्दैन : एमाले अध्यक्ष ओली

 मंसिर २०, २०८० बुधबार १७:४४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा छिमेकीहरुसँग कुरा गर्न नसक्ने बताउनु भएको छ ।

राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी देशहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधवार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गर्नुभयो । उहाँले अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समाति हाल्यो भने पनि माफी दिने काम सरकारले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रको सार्वभौमसत्ता, स्वाधिनता निहुरिएको अवस्था छ । र, नेपाल सरकारले हाम्रा छिमेकीहरुसँग ठाडो शिर गरेर कुरा पनि गर्न सक्दैन । यस्तो अवस्थामा हामी नेपाली छौँ । राष्ट्रिय हितको रक्षा हुने कुरा, स्वाधिनताको प्रयोग हुने कुरा, त्यसको रक्षा हुने कुरा, हाम्रो स्वतन्त्रताको प्रयोग गर्ने कुरा र हाम्रो ऐतिहासिक गौरवमा, उपलब्धिहरुमा, हाम्रो स्वाधिनतामा गर्व गर्ने कुरा यो कुरा समाप्त भएको छ । जसलाई फेरि उठाउनु पर्नेछ ।’

उहाँले अगाडि भन्नुभयो, ‘कर्मचारीतन्त्रलाई दुरुपयोग गरिएको छ । अहिले देशको अवस्था अत्यन्तै नाजुक छ । यस नाजुक अवस्थालाई कसरी रोक्ने र सकारात्मक बाटोमा फर्काउने । आज देशको राजनीति अन्यौलग्रस्त छ । देशको राजनीतिक निराशायुक्त छ । देशको राजनीति अस्थिर र अराजक बनेको छ । देशको राजनीतिप्रति जनविश्वास अत्यन्तै घटेको छ । त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा छ । र, बिग्रँदो छ ।’

अध्यक्ष ओलीले देशको अर्थतन्त्र अत्यन्तै अप्ठ्याराे, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताउनु भयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया