शिक्षित महिला नै घरेलु हिंसाबाट बढी प्रभावित
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – हेटौँडालाई काठमाण्डौसँग जोड्ने सबैभन्दा छोटो दुरीको महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द भएको छ । मकवानपुर र काठमाण्डौको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले आजदेखि एक महिनाका लागि गाडीको आवागमन बन्द गरिएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले निर्धारित समयभित्र सडक बनाउन आवागमन बन्द गरिएको जानकारी दिनुभयो । हेटौँडा–काठमाण्डौ आवत–जावत गर्ने जीपलगायतका साना गाडीको चाप धेरै हुँदा काममा अवरोध पुग्ने भन्दै उहाँले सडक स्तरोन्नति कार्य निर्धारित समय भित्र सम्पन्न गर्न आउँदो पुस २१ गतेसम्मका लागि गाडीको आवतजावत बन्द गरिएको बताउनुभयो ।
काठमाण्डौतर्फ मोडहरूमा ढलान र मकवानपुरतर्फ पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले आवागमन बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । सडक प्रदेश सरकारमार्फत स्तरोन्नतिको काम भइरहेको हो । दुवै सडकखण्ड बनाउन निर्माण कम्पनीसँग १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएकोमा पछिल्लो समय म्याद थप भएको समयमा पनि काम पूरा भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।