अर्थतन्त्र सुधार हुँदै गए पनि नागरिकमा आशाकाे सञ्चार हुन सकेन : प्रधानमन्त्री

 मंसिर २१, २०८० बिहीबार १४:१९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको अनुभूति भए पनि नागरिकमा आशाको सञ्चार हुन नसकेको बताउनुभएको छ ।

आज बिहीवार काठमाण्डाैमा भएकाे 'रेस्पोन्सिबल बिजनेस समिट' कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि नागरिकमा आशाको सञ्चार नदेखिएको बताउनुभएकाे हाे । उहाँले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनका लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तथ्याङ्कहरूमा हेर्दा अर्थतन्त्र सुधार हुँदै गएको देखिन्छ । तर व्यवहार र आमनागरिकमा आशाको सञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हामी सबैको अगाडि विद्यमान छ । अर्थतन्त्रमा केन्द्रित रहेर बृहत् बैठक र केही नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिन चाहन्छु । यसमा पनि सबैको साथ सहयोग रहने छ भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्रीले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले हरेक कुरालाई नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार तयार रहेकाे प्रतिबद्धता जनाउनुभयाे । उहाँले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रम अगाडि सारिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया