महोत्तरीको मनरा शिसवा नगरपालिकाले विपन्न परिवारका सदस्यको विवाह गरिदिने

 मंसिर २१, २०८० बिहीबार १७:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – महोत्तरीको मनरा शिसवा नगरपालिकाले विपन्न परिवारका सदस्यको विवाह गरिदिने भएको छ ।

नगरपालिकाले पुस १ गते विवाह पञ्चमीको अवसर पारेर विपन्न परिवारका सदस्यको विवाह गरिदिन लागेको जनाएको हो । नगरपालिकाले आज बिहीवार सूचना निकालेर पुस १ गते विवाह गर्न चाहने जोडीले यही मङ्सिर २५ गतेभित्र निवेदन दिन भनेको छ । दुलहा–दुलहीका लागि लुगा–कपडादेखि विवाहका लागि लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै बेहाेर्ने सूचनामा उल्लेख छ ।

विवाह कार्यक्रममा बेहुला, बेहुलीको तर्फबाट बढीमा १५/१५ जनामात्र सहभागी हुन पाइने र बेहुली अनिवार्यरूपमा मनरा शिसवा नगरपालिकाकै हुनुपर्ने सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया