तुलसीपुर बजार क्षेत्रमा उपमहानगरले डाेजर चलायाे

 मंसिर २१, २०८० बिहीबार १८:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाइएका फुटपाथका संरचना भत्काउन शुरु गरिएको छ । तुलसीपुरको (ग) लाइन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना तुलसीपुर उपमहानगरपालिकाले आज बिहीवारदेखि भत्काउन शुरु गरिएको हो ।

बजार क्षेत्रको नालामाथि घरधनी तथा व्यापारीले आफ्नो सहजताका लागि भर्‍याङलगायतका संरचना बनाएकाले ती संरचना हटाउन थालिएको उपमहानगरकाे भवन शाखाका इन्जिनियर श्रीनारायण चौधरीले जानकारी दिनुभयाे । चौधरीका अनुसार तुलसीपुर बजार क्षेत्रमा अतिक्रमण गरी बनाइएका फुटपाथको संरचना एक हप्ताभित्र भत्काइनेछ ।

फुटपाथमा संरचना बनाएर सामान राख्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया