बालाचतुर्दशी : पशुपतिमा पर्याप्त पाल र अस्थायी शौचालयको व्यवस्था गरिएको कोषको दाबी

 मंसिर २४, २०८० आइतबार ७:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भोलिको बालाचतुर्दशीका लागि पुशपति क्षेत्रमा बिहानै भक्तजनको भिड बढ्न थालेको छ । दिवङ्गत पितृका नाममा महादीपदान गर्न भक्तजनको भिड लाग्न थालेको हो।

मंसिर कृष्ण पक्षको त्रयोदशीको दिन बेलुका पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ ।

आज रातभर जाग्राम बसेर भोलि बिहान दीप बाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न ठाउँमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ ।

यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ । राति बस्ने भक्तजनको सुविधाका लागि पर्याप्त पाल र अस्थायी शौचालयको समेत व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

जथाभाबी फोहर नगर्न र तोकिएको ठाउँमा मात्रै शतबीज छर्न उहाँको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया