बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीका एम्बुलेन्स चालक चरेससहित पक्राउ

 मंसिर २५, २०८० सोमबार १४:४०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराका एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–४ पुरानो यातायात कार्यालय नजिकबाट चरेससहित एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खाती सुदूरपश्चिम प्रदेश ०१००१ झ ०५४२ नम्बरकाे एम्बुलेन्ससहित पक्राउ परेका हुन् ।

खातीकाे साथबाट २ किलो ८ सय ग्राम चरेस फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया