आलाेचना गर्दा गणतन्त्र नै नाश हुन थाल्याे भन्ने मानसिकता सत्ताधारीहरूमा छ : नेता रिजाल

 मंसिर २६, २०८० मंगलबार १८:३६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाे – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरूमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताउनुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा नेता रिजालले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताउनुभयो । नागरिकको विचारलाई आमसञ्चारको रूपमा प्रचार गरेमात्रै पनि गणतन्त्रको रक्षा हुने उहाँको जिकिर थियो ।

रिजालले गणतन्त्र सबैको साझा भएकाले यसकाे जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । बोल्ने शब्दहरू नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी राम्रो नभएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मलाई कसैले आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भनेर त्यसलाई खबरदारी गर्नुपर्छ भन्ने मानसिकता सत्ताधारीको छ, त्यस्तो मानसिकताबाट गणतन्त्र जोगिँदैन, त्यसरी गणतन्त्र आएको होइन । नागरिककाे विचारलाई आमसञ्चारको रूपमा प्रचार गरेमात्रै गणतन्त्रको रक्षा हुन्छ । गणतन्त्रको जिम्मा कुनै एउटा संस्थाले लिनु पर्दैन । गणतन्त्र सबैका बीचको एउटा आम चिज हो ।’

नेता रिजालले आफू २०६२/०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभई निरङ्कुशता अन्त्यको पक्षमा रहेको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया