बाराको सिम्रौनगढ नगरपालिकामा शिक्षक–कर्मचारी र प्रहरीबीच झडप

 मंसिर २७, २०८० बुधबार १७:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप भएको छ । झडपलाई सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको छ ।

नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । नगरपालिकामा नगरसभाकाे विषयमा भएको जनप्रतिनिधिबीचको विवादले कर्मचारीले तलब–भत्ता पाउन नसकेका हुन् ।

आज बुधवार बिहान नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकबाट हातपातको प्रयास भएपछि विवाद उग्र बनेको हो । प्रहरीले अवस्था सामान्य बनाउन टियर ग्यास र हवाई फायर गरेको बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

बिहान मेयर साहले एक हप्ताअघि मात्रै पचरौता नगरपालिकाबाट सरुवा लिएका प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गराउन नगरपालिका पुग्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया