पहाड र तराईका केही ठाउँमा हुस्सु
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल हस्तकला महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष आजदेखि शुरु हुँदैछ । महासङ्घका अनुसार हस्तकला मेलाको यो २०औँ र हस्तकला प्रतियोगिताको १८औँ संस्करण हो । आजदेखि पाँच दिनसम्म दरबारमार्गको अन्नपूर्ण होटल परिसरमा मेला हुने महासङ्घले जनाएको छ ।
नेपाली हस्तकलाजन्य वस्तुहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मेला हुँदै आएको छ । विदेशी प्रदर्शनीकर्ताले समेत मेलामा भाग लिने र भारत, चीन, पाकिस्तान, बङ्लादेशलगायतका देशबाट सहभागिता हुने महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवम् ढाकाका सामान, पस्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र बाँसलगायतका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिनेछन् ।
महासङ्घका अनुसार वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरका नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब रुपैयाँ हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका महासङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।