काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख रुपैयाँ नचिनेका व्यक्तिले लुटेका छन् ।
एनआईसी एसिया बैंकबाट पैसा निकालेर सहकारी संस्थातर्फ लैजाँदै गरेकाहरूलाई नचिनेका व्यक्तिले गोली हानेर रकम लुटपाट गरेका प्रहरीले जनाएको छ । सहकारी संस्थाका प्रबन्धक रामनाथ राय र निरा राय पैसा लिएर चढेको मोटरसाइकललाई नियन्त्रणमा लिएर रकम लुटपाट भएको हो ।
लुटपाटमा संलग्न व्यक्तिहरूकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।