रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदै छ । दिवसको मूल समारोह टुँडिखेलमा हुनेछ ।
गएका वर्षहरुमा दिवसको मूल समारोह आयोजना गर्ने गरिएको ठाउँ वसन्तपुरमा यसपालि गाडी प्रवेशमा निषेध गरिएको छ भने ठूलो स्पीकर राखेर गरिने कार्यक्रम रोकेको महानगरले जनाएको छ । यसकारण यस वर्षको कार्यक्रम टुँडिखेलमा गर्न लागिएको मेयर बालेन्द्र शाहले बताउनु भएको छ ।
महानगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो । कार्यक्रममा सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् । यसैबीच, २९औँ महानगर दिवसको सन्दर्भ पारेर भएको बाँसुरीवादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूह पहिलो भएको छ ।
यस्तै वडा नं. १६ को श्री श्वेत विनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं. २० को अशोक विनायक व्यवस्थापन समाजको समूह तेस्रो भएको छ । प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिएको छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दुर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारी हुनुहुन्थ्यो ।
विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै उपमेयर सुनिता डङ्गोलले, अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र वाद्य परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । विजेता ३ समूहबाहेक अरु समूहलाई प्रोत्साहनस्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।