आवश्यकता अनुसार मन्त्रीमण्डल फेरबदल हुनसक्छ तर तत्काल कुनै सम्भावना छैन : मन्त्री शर्मा

 पुस १, २०८० आइतबार २०:२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन गर्न सकिने बताउनुभएको छ ।

आइतवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकार आफ्नो उद्देश्यमा अविचलित रहेको बताउनु भयो । उहाँले सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले लय गुमायो कि भन्ने चिन्ता छ, हामीले लय गुमाएका छैनौँ । सरकारको प्राथमिकता भनेको समृद्धिमा पुग्ने, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने हो । सरकार आफ्नो नीति र उद्देश्यमा विचलित छैन । सरकार आफ्नो उद्देश्यमा अविचलित छ । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुराको विषयमा कुनै छलफल भएको छैन । आवश्यकताअनुसार परिवर्तन हुन सक्दैन भन्न त सकिँदैन तर अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन । अहिले मन्त्रीहरु केही परिवर्तन हुन्छ कि भन्ने कुरा छैन । यो हाम्रो गठबन्धन र राजनीतिक दलभित्र भएको छैन । यो सम्भावना तत्काल छैन ।’

प्रवक्ता शर्माले सरकार आफ्नो नीति र उद्देश्यमा विचलित नरहेको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया