पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले लगातार दाेस्राे जित निकालेकाे छ ।
आज शुक्रवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा एपीएफले मधेस प्रदेशलाई १० विकेटले हरायाे । मधेसले दिएकाे ४१ रनकाे सामान्य लक्ष्य एपीएफले ५ ओभर ५ बलमा भेटायाे । एपीएफका लागि कप्तान सीता राना मगरले १९ र ज्याेति पाण्डेले १६ रन बनाइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे मधेस १९ ओभर २ बलमा ४० रन बनाउँदा अल आउट भयाे । मधेसका लागि प्रतिमा साहले सर्वाधिक १५ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले ३ तथा रेखा रावल र सुमन विष्टले समान २ विकेट लिए ।
याे जितसँगै एपीएफ २ खेलमा ४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । एपीएफले पहिलाे खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएकाे थियाे । मधेस लगातार दाेस्राे हारसहित तालिकाकाे साताैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।