एनएसएल : बुटवलसँग हार्दै वीरगञ्ज बाहिरियाे

 पुस ७, २०८० शनिबार १५:१४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ ।

आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल गर्दै बुटवलले सान्त्वना जित निकाल्यो । बुटवलका चन्दन दासले गाेल गरे । प्लेअफमा पुग्न वीरगञ्जलाई यो खेल जित्नैपर्ने थियो तर हारेर प्रतियोगिताबाट बाहिरियो । बुटवल पनि प्लेअफमा पुग्न सकेन ।

याे जितसँगै बुटवलले ८ खेलमा १० अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा रहेर प्रतयाेगिता अन्त्य गरेकाे छ । वीरगञ्ज ८ खेलमा ८ अङ्कसहित साताैँ स्थानमा रह्याे ।

एनएसएलमा आजै बेलुका ५ बजे लिगकाे अन्तिम खेलमा ललितपुर सिटी एफसी र काठमाण्डाै रेजर्स एफसीबीच खेल हुँदैछ । वीरगञ्जकाे हारले ललितपुर ७ खेलमा १० अङ्कसहित प्लेअफमा पुगेकाे छ । काठमाण्डाै प्लेअफमा पुग्न आज ललितपुरलाई हराउनैपर्ने हुन्छ । काठमाण्डाै ७ खेलमा ९ अङ्कसहित साताैँ स्थानमा छ । काठमाण्डाैले हारेकाे अवस्थामा झापा एफसी प्लेअफमा पुग्नेछ । झापा ८ खेलमा १० अङ्कसहित चाैथाे स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया