प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफकाे लगातार चाैथाे जित

 पुष ९, २०८० सोमबार १५:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार चाैथाे खेलमा विजयी भएकाे छ । आज साेमवार भएकाे खेलमा एपीएफले काेशी प्रदेशलाई ८ विकेटले हरायाे ।

काेशीले दिएकाे ८५ रनकाे लक्ष्य एपीएफले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायाे । एपीएफका लागि इन्दु वर्माले नट आउट ३६ रन बनाइन् । बलिङतर्फ काेशीकी एलिशा खडिया र निशा शाहले समान १ विकेट लिइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काेशीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनायाे । काेशीका लागि कप्तान रुबिना क्षेत्रीले ४१ रन बनाइन् । बलिङतर्फ एपीएफकी साेनु खड्का र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

याे जितसँगै एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । यसअघिका ३ वटै खेल जितेकाे काेशी ४ खेलमा ६ अङ्कसहित दाेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया