पाेखरालाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी फाइनलमा

 पुस ९, २०८० सोमबार २०:२६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाेखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दाेस्राे संस्करणकाे एफसी नेपाल सुपर लिग (एनएसएल) काे फाइनलमा पुगेकाे छ ।

आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हराउँदै धनगढी उपाधि नजिकै पुगेकाे हाे । धनगढी लगातार दाेस्राे पटक फाइनलमा पुगेकाे हाे । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाण्डाै रेजर्ससँग पराजित हुँदै उपविजेता बनेकाे थियाे ।

निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएकाे थियाे । अतिरिक्त समयमा पाेखरा र धनगढीले १–१ गाेल गर्दै खेल २–२ काे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । खेलकाे ५ औँ मिनेटमा पाेखराका आयुष घलानले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गाेल हुन नसकेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएकाे थियाे । खेलको १०२ औँ मिनेटमा स्टेफेन काेजाेले गाेल गर्दै पाेखरालाई फेरि अग्रता दिलाए । तर अतिरिक्त समयकाे अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गाेल गरेपछि खेल पेनाल्टी शुटआउटमा गएकाे थियाे ।

याे खेल हारे पनि पाेखराले फाइनल पुग्न अर्काे माैका पाउनेछ । अब पाेखराले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा काठमाण्डाै रेजर्स र ललितपुर सिटी एफसीबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । काठमाण्डाै र ललितपुरबीचको खेल भाेलि मङ्गलवार हुनेछ । यस्तै दाेस्राे क्वालिफायर आउँदाे बिहीवार हुनेछ । एनएसएलकाे फाइनल खेल आउँदाे शनिवार हुनेछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया