दार्चुलाको मालिकार्जुन–६ बालविवाह मुक्त वडा घोषणा

 पुष १०, २०८० मंगलबार १६:११:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलाकाे मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा भएको छ । आज मङ्गलवार एक कार्यक्रमका बीच गाउँपालिकाकाे वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

‘मालिकार्जुन गाउँँपालिकाको शान : बालविवाह मुक्त गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै पहिलो वडाको रूपमा उकुलाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

मालिकार्जुन गाउँपालिकालाई २०८२ सालभित्र बालविवाह मुक्त पालिका बनाउने तयारी भइरहेकाे छ । स्थानीय रणनीति २०७६ लागू भएपछि मालिकार्जुनमा गुड नेभर्स इन्टरनेशनल नेपालले बालविवाह अन्त्यका लागि सचेनामूलक कार्यक्रम गर्दै आएको छ ।

पहिले पालिकामा २५ दशमलव ९६ प्रतिशत हुने बालविवाह अहिले छ प्रतिशतमा झरेको गुड नेभर्स इन्टरनेशनल नेपाल दार्चुलाका निमित्त कार्यालय प्रमुख टीकाराम चौधरीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया